Logo

कोशी प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ । सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना र सेवा प्रवाह सुधारका विषय सम्झौतामा समावेश गरिएको छ।…