काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ सय ७३ जना इन्सपेक्टरको सरुवा गरेको छ। प्रधान कार्यालयले सूचना जारी गर्दै एकैपटक ६ सय ७३ जनाको सरुवा गरिएको जानकारी दिएको हो । शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरूवाको सूची सार्वजनिक गरेको छ।