तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनीटारमा बिहीवार बिहान पेस्तोलसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ का ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दघाट सुस्ता पूर्व गैँडाकोट नगरपालिका–१२ का २५ वर्षीय मिलन ढकाल रहेका छन्। प्रहरीका अनुसार, मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ढकालले…