Logo

Breaking News 1

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । २१औँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो ।

सिंहदबारस्थित सभाकक्षमा दिउँसो १ः१५ बजे बैठक बस्ने तय छ । बैठकमा आउँदो आर्थिक वर्ष २०८३/८४ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल थालिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १० : २४ बजे