काठमाडौं । चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर-५ मा पर्ने खहरे खोलामा खसेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता भएका हुन् । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक रहेका बोहोरा केहि सामान किन्नका लागि बसबाट झरेकाबेला चिप्लिएर खोलामा…