Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

Breaking News 1

सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ



काठमाडौं । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दुई जना फरार रहेका छन् ।

तुलसीपुर उपमहनगरपालिका-५ की २५ बर्षीया युवतीमाथि २ असार राति तुलसीपुर-९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर-९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् ।

अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ५१ बजे