काठमाडौं । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न बन्देज गरेको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।