काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का तीन दिने भ्रमणका लागि जान लागेका हुन् । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भोलि बुधबार पूर्वी चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा द्विपक्षीय वार्ता हुने कार्यतालिका रहेको छ । वार्तामा नेपाल-चीन सीमा समस्याबारे पनि छलफल हुने बताइएको छ…