काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्वको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार बिहान नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । गभर्नर अधिकारीको राजीनामा माग गर्दै नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका हुन् ।…