काठमाडौं । केही दिनदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बुधबार साँझदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान विगतझैँ सामान्य रूपमा भइरहेका छन्। यात्रु आवागमनलाई सहज बनाउन सुरक्षा निकायसँग समन्वय गरिएको उनले बताए। भदौ २४ गते ‘जेनजी’ पुस्तासम्बन्धी विषम परिस्थिति उत्पन्न भएपछि विमानस्थल बन्द गरिएको थियो।…