सुर्खेत । नेकपा एमाले नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढिरहेको बताएका छन् । केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको टिप्पणी रावलले गरे । शुक्रबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान राजनीति नेपाली जनताको हितमा नभएको बताए । ‘देशको राष्ट्रपति जस्तो पदमा विदेशी हस्तक्षेप त छँदै थियो,…