वि.स.२०७२ साल नेपाली समाजका लागि कहिल्यै नबिर्सिने वर्ष बन्यो । ०७२ वैशाख १२ गते अर्थात आजकै दिन नेपाली जनजीवनलाई तहनहस बनाइदियो । त्यो अतितले आजपनि मानिसहरुलाई झस्काइदिन्छ । त्यसबेलाको भूकम्पको पराकम्पनले लाखौं नेपालीका सपनाहरु आफ्नो घरको छानोसँगै भत्काइदिएको थियो । समय बित्दै जाँदा धेरैका घाउ निको हुन्छन् भन्ने विश्वास भएपनि ०७२ को भूकम्पले छाडेका चोटहरु…