काठमाडौं – हेम–सरिता पाठक फाउन्डेसनले हालैको राजनीतिक घटनाक्रम र ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनलाई समर्थन गर्दै भ्रष्टाचारमा संलग्न सबैमाथि छानबिन र कानुनी कारबाहीको माग गरेको छ। फाउन्डेसनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भ्रष्टाचारविरुद्ध कडाइका साथ अघि बढ्न सरकारसँग आग्रह गरेको छ। विज्ञप्तिमा वि.सं. २०४६ सालपछि सार्वजनिक पद धारण…