रामेछाप । रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् । हालसम्म ५९ हजार ६७४ मत गणना हुँदा बुढाथोकीले १६ हजार ७८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले पछ्याइरहेका छन्। ढुंगेलले हालसम्म ११ हजार ८२३ मत प्राप्त गरेका छन्…