काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा मंगलबार साँझ ५ बजे प्राधिकरणमा हाजिर भई नियमित काममा फर्किएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले ओझालाई पदमुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले भदौ २३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ओझालाई अध्यक्षको रूपमा काम गर्न अनुमति दिएको थियो।…