काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले महिलालाई आत्मनिर्भर बनाउन बजेटले ध्यान नदिएको आरोप लगाएकी छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले…