काठमाडौं । मुस्ताङको कोरला भन्सार कार्यालयबाट सञ्चालनको दुई दिनमै २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार बुधबार र बिहीबार गरी दुई दिनमा मात्रै २९ करोड रुपैयाँ राजस्व उठेको हो। नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागू भएपछि असोज १ गतेदेखि यो भन्सार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। कोरला भन्सारबाट हालसम्म…