भोजपुर — भौगोलिक रूपमा विकट मानिने भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा केन्द्रीय विद्युत् सेवा पुगेको छ। गाउँपालिकाका नौ वटै वडामा विद्युत् सेवा विस्तार भएपछि दुर्गम बस्तीका बासिन्दाको दैनिकीमा परिवर्तन आएको छ। गाउँपालिकाको वडा नं. ४ नागीस्थित लुङ्गिन बस्तीमा समेत विद्युत् पुगेको छ। जंगलको बीचमा रहेको यस बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको हो। विद्युत् विस्तारसँगै स्थानीयहरूले…