काठमाडौँ ।करिब ६१ किलो सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा दलहरूबीच विवाद देखिएको छ । शुक्रबार साँझ सिँहदरबारस्थित गृह मन्त्रालयमा बसेको मुख्य दलका नेताहरूको बैठकमा आयोगको क्षेत्राधिकारका बारेमा दलका नेतारुका बिचमा विवाद देखिएको हो । यसअघि सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न असोज ५ गते उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति गत भदौ ६…