काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमा एक जना महिला मात्रै निर्वाचित भएकी छन् । सचिव पदमा पद्मा अर्याल निर्वाचित भएकी हुन् । बिहीबार सार्वजनिक मत परिणामअनुसार अर्यालले १,५३० मत प्राप्त गरिन् । उनी १०औँ महाधिवेशनबाट पनि सचिव पदमा निर्वाचित भएकी थिइन् । यस महाधिवेशनमा पदाधिकारी तहमा तीन महिलाले उम्मेदवारी दिएका थिए…