काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक असईको मृत्यु भएको छ । प्रसनी टिकाराम ढुंगानाको मृत्यु भएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए । गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्पमा खटिएका ढुंगानाको लेक लागेर मृत्यु भएको बताइएको छ । उनी १२ कार्तिकमा बेसक्याम्पमा गएका हुन् । घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगानाले…