Logo

खेलकुद

केपी ओली कप : बागमतीको लगातार दोस्रो जित



काठमाडाैं । पोखरामा जारी केपी ओली टी–२० कपमा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । बागमतीले दोस्रो जित निकाल्ने क्रममा कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको छ ।

पोखराको क्रिकेट रंगशालामा भएको खेलमा बागमतीले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमा समेटियो । कर्णालीका सुरुवाती ४ खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । अर्जुन घर्तीले कर्णालीका लागि सर्वाधिक २४ रन बनाए । त्यस्तै बिपिन शाहीले २१, कप्तान राबिन्द्र शाहीले २० र दिपेन्द्र रावतले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा रोक्न बागमतीका कप्तान सन्दी लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ३।३ ओभर बलिङ गर्दा ९ रन खर्चे ४ विकेट लिए । त्यस्तै दिपेश श्रेष्ठले दुई तथा प्रतिश जिसी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । बागमतीका लागि ऋत गौतमले सर्वाधिक ८२ रनको योगदान गरे । उनले ५९ बलमा १० चौका र दुई छक्काको मद्दतले ८२ रन बनाएका हुन् । त्यस्तै इशान पाण्डेले ७० रनको योगदान गरे । प्रतिश जिसी १२ रनमा अविजित रहे । बागमतीले आफ्नो पहिलो खेलमा बिहिबार १०९ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : ०० बजे