Logo

नेपाली कराते टोली मलेसिया प्रस्थान गर्दै

काठमाडौं । डब्लूकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ। मलेसिया कराते महासंघको आयोजनामा असोज १७ देखि १९ गतेसम्म हुने प्रतियोगितामा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढामगर, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा सानुमाया थिङ प्रतिस्पर्धा गर्नेछन्।…