Logo

संविधानप्रति राप्रपा प्रवक्ताको कटाक्ष– विषवृक्षबाट अमृत फल फलेन

काठमाडौं। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले संविधानपप्रति कटाक्ष गर्दै विषवृक्षबाट अमृत नफलेको बताएका छन् । संविधानसभाबाट जारी भएको संविधानले देशको सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय एकता, अर्थतन्त्रमा सुधार गर्न नसकेको भन्दै उनले विषवृक्षबाट अमृत नफलेको टिप्पणी गरेका हुन् । बुधबार देशभर संविधान दिवस मनाइरहँदा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन् /होइनन्…