काठमाडौं। सर्वोच्च अदालतले पोखरास्थित फेवाताल क्षेत्रको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्रमा हटाउन परमादेश जारी गरेको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा दायर रिट निवेदनमा सर्वोच्चले गत असार ४ गते जारी गरेको परमादेशको पूर्णपाठ मंगलबार सार्वजनिक गरिएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासले फेवाताल वरिपरि वर्षायामको उच्चतम पानीको…