काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनबिच भेटवार्ता भएको छ । अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गगरेका छन् । सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ । नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार…