काठमाडौं । सरकारले दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ । आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत गत फागुन २५ देखि चैत २ गतेसम्म नेपाल, युएइ र पपुवा न्युगिनीबीच काठमाडौंमा भएको प्रतियोगिता खेलेका खेलाडीहरुलाई जनही २ लाख प्रदान गरेको हो । त्यस्तै गत बैशाख…