हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा हिमाली देवीटार कृषि सहकारी संस्थाले रैथाने बाली संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । सहकारीले स्थानीय बालीको संरक्षण, उत्पादन र बजारीकरणमा किसानलाई सहयोग पु¥याउने उदेश्यले केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार संस्थाको चौँथो बार्षिक साधारण सभाको सन्दर्भमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सो केन्द्रको उद्घाटन गरे । वडा नं. ८…