Logo

बागमती प्रदेश

सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्छ : उपप्रमुख डङ्गोल


४ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्ने बताएकी छिन् ।

शुक्रबार नेपाल कला परिषद्मा चित्रकार बिजेन्द्रको कला प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले सबैले आफूभित्र रहेको कलाकारितालाई व्यूँताउन आवश्यक रहेको बताइन् ।

बिजेन्द्रको सबैले आफूभित्र रहेको कलालाई सम्मान गर्दै अगाडी बढ्नुपर्ने सन्देश उक्त कला प्रर्दशनीले दिएको उपप्रमुख डङ्गोलको भनाइ थियो ।

सम्पदामा आधारित कलाभन्दा त्यसभित्रको कथा र त्यसको अर्थ बुझ्नु महत्वपूर्ण रहेको उनको धारणा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ४७ बजे