काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्यता नभएको बताएका छन् । एकीकृत प्रगतीशिल प्राध्यापक संगठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाः हालका प्रचलन र उदीयमान चुनौतिहरु’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए । राजतन्त्र चाहिन्छ भन्नेहरुलाई प्रधानमन्त्री नै बन्ने चाहना हो…