विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देश गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । प्रेस चौतरी मोरङले २६औँ स्थापना दिवस अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले देशको राजनीति गठबन्धनले कब्जा गरेको बताए । गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस…