काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सिमित हुने र एक प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए नभएको बताए । उनले भने, ‘मैले धेरै पहिला देखि भनिरहेको छु अहिले पनि त्यही भन्छु…