काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए । ‘नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसा घटनाबाट मुक्त हुन…