काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिटरब्याज पीडितहरुको पक्षमा ऐक्यबद्धता जनाएका छन् । ११ दिन हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न उनले सरकारसँग आग्रह समेत गरेका छन् । मेयर शाहले उनीहरुलाई काठमाडौं बसुन्जेलका लागि पशुपतिस्थित धर्मशालामा खाने बस्ने व्यवस्था गरेको समेत बताएका छन् । मिटरब्याज पीडितहरुले खुलामञ्चमै बस्ने अडान राखेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा…