काठमाडौं । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डा संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वयात्मक रणनीति आवश्यक रहेको बताएका छन् ।इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा आयोजित ‘तेस्रो रेड पाण्डा महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले रेडपाण्डा पाइने क्षेत्रमा चोरी–निकासी रोक्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । उनले रेडपाण्डाको वासस्थान, आहारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने…