Logo

लागूऔषधसहित धनगढीमा एकजना पक्राउ

धनगढी । कैलालीमा एक जना युवा लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ सुनसरीका २७ वर्षीय प्रदिप ढकाललाई प्रहरी चौकी त्रिनगरबाट खटिईएको टोलीले ६४० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित गरेको हो । ढकाललाई धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट पक्राउ गरिएको प्रहरीले जनाएकोछ ।