Logo

दिउँसो साढे तीन बजेबाट दोस्रो चरणको मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आजै दोस्रो चरणको निर्वाचन हुने भएको छ । सोमबार भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज फेरि दोस्रो चरणमा मतदान हुन लागेको हो । दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त हुनेछ ।  प्रकाशमान सिंह,विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन् ।…