डडेलधुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसका नेताहरूले ग्रासरुटबाट नै जनताको काम गर्नुपर्ने बताएका छन् । कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले ग्रासरुटबाट नै नेताहरूले काम गरे त्यसको प्रभाव देखिने बताए । 'कांग्रेस जनमैत्री हुनुपर्छ। त्यसका लागि हामीले जनताकै काम गर्नुपर्छ। ग्रासरुटबाट काम गर्ने नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ। त्यसैले…