काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याएर सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र बलियो बनाउँदै समृद्धिको बलियो जग बसाउनु वर्ष ०८१ को मूल जिम्मेवारी भएको बताएका छन् । विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा…