काठमाडौं । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश उड्नुअघिसम्म उनको पार्टीमा कुनै खटपट देखापरेको थिएन । तर राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन अमेरिका पुगेका यादव स्वदेश फर्किँदा उनी फुटेको पार्टीको अध्यक्षमा खुम्चिएका थिए । आफू प्रवासमा रहेका बेला पार्टी फुटाएर अलग्गिएका साथीहरुले नयाँ पार्टी दर्ता…