काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चार महिनापश्चात प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने ग्यारेन्टी गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई नचिढ्याउन सुझाव दिए । “आज जस्तो भए पनि नेपाली कांग्रेस सभापतिलाई दोषी कति पनि नदेख्नुहोला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा…