Logo

जनार्दन शर्माकाे गुनासाे, ‘मैले कहाँ अध्यक्षलाई सहयाेग गरिन ?’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहयोग नगरेको प्रस्टीकरण दिएका छन् । जारी केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डलाई आफुले सहयोग गरेको तर गलत प्रचार गरेको उनको गुनासो थियो । 'अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, बैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउदा, जतिखेर पनि खटनपटनमा लागेकै छु…