काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनबाट नेपालका पर्वतीय पारिस्थितिकी प्रणालीमा असर पुगेको र जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा असर गरेको भन्दै नेपालले न्याय पाउनुपर्ने बताएका छन् । उनले पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गर्नुपर्नेमा जोड दिए । बुधबार काठमाडौंको चन्द्रागिरीमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक…