काठमाडौं । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा सुमननरसिंह राजभण्डारी नियुक्त भएका छन् । बिहीबार बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१औं बैठकले राजभण्डारीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्वउपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त रहेकोमा काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था…