Logo

वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व, पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी

वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट उठाएको छ। भन्सार कार्यालयका अनुसार सो अवधिमा २६ अर्ब ३३ करोड रुपैयाँ खर्चिएर पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरिएको थियो। त्यसबाट ११ अर्ब १८ करोड रुपैयाँ राजस्व…