काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। बाग्मतीको चुनाव यही भदौ १५ गते हुँदै छ । यसैबीच बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र…