काठमाडौँ । डाक्टर भक्तमान श्रेष्ठलाई अपहरण गर्ने नुवाकोटका लुप्पा भनिने सुब्बा तामाङलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । तामाङलाई गाउँमै आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले तामाङलाई आइतबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले कैद सजायको लागि कारागार चलान गर्न आदेश दिएको छ।…