काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकको अवलोकन तथा स्मारकमा पुष्पगुच्छा अर्पण गरेका छन् । यो स्मारक क्रान्तिकारी जननायकहरूको स्मरणमा निर्माण गरीएको हो । १९औं र २० औं शताब्दीमा क्रान्तिकारी संघर्षका क्रममा शहीद बनेका योद्धाहरूको स्मृति स्वरुप चीनको राष्ट्रिय स्मारकको रूपमा यो निर्माण गरिएको हो। यो बेइजिङको तियानमेन स्क्वायरको दक्षिणी भागमा…