काठमाडौं। सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दाबी गरेको छ । गत आइतबारदेखि चारदिन नेपाल भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका थिए । उक्त भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको माओवादीले दाबी गरेको हो । बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद…