Logo

प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा सांसद राईको आपत्ति, मन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गरेकी छिन् । बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाइन् ।…