काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई आग्रह गरेका छन् । लुम्बिनीमा सरोकारवालाहरुसँग कुरा गर्दै मन्त्री किरातीले गौतमबुद्ध जस्तो संसारले चिनेको व्यक्तित्व जन्माउने आमाको सम्मानमा लुम्बिनीमा मायादेवी प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् । किरातीले भने, ‘मायादेवीले गौतमबुद्धलाई माइती जानेक्रममा जन्माउनुभयो । गौतमबुद्धलाई जन्माउने क्रममा उहाँको…